Logo

स्वर्गजस्तै मनमोहक छ भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी (तस्विरसहित)


काठमाडौं- धेरैलाई लाग्न सक्छ लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला।  तर होइन, भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ।

यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

२०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन्। भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको गर्‍यै छ।’

उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ। लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ। लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ।

छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल छ। त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ। यसको बीचमा हिउँले नै ओम लेखिएको छ।

भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ। भारतीय अर्धसैनिक बाह्रैमहिना त्यहाँ बस्छन्। भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ। काली नदीको मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ। त्यहाँ बंकर छ। हेलिकप्टर बस्ने ठाउँ छ। जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ।

कालापानीको उत्तरमा लिपुलेकतिर जाँदा नाभीडाङ आउँछ। त्यहाँ पनि भारतीय सेनाको क्याम्प छ। गुन्जी र नाबी दुवै स्थानमा भारती सेना छ। काली नदीको किरानैकिनार उत्तर-पश्चिम कुटी गाउँ छ। नेपाल भारतको सिमाना काली नदी छ। त्यसको उदम लिम्पियाधुरा हो। कालीको उद्म लिम्पियाधुरा मानेर नेपालले हालै नयाँ नक्सा जारी गरेको छ।

नेपालले संविधान संशोधनमार्फत बल्ल नक्सामा समेटेको यो इलाकाको भौगलिक अवस्था कस्तो छ? त्यहाँ कुन समुदाय बस्छन् ? यी सबै चासोका विषय हुन्। नेपालको पश्चिमोत्तर सीमा क्षेत्रमा रहेको यो भूभाग दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्छ। यो भूभाग भारतले १ सय ४० वर्षदेखि अतिक्रमण गर्दै आएको छ।

रतन भण्डारीको पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक’ मा उल्लेख गरिएअनुसार महाकालीको सिरानीमा अवस्थित १२ व्यास सन् १८१६ को सुगौली सन्धिअघि नेपालको भूभाग थियो।

१२ वटा गाउँ रहेकोले यस क्षेत्रलाई त्यतिबेला १२ ब्यास भनिन्थ्यो। सुगौली सन्धिले १२ व्यासलाई नेपाल र भारत दुईतिर विभाजित गर्‍यो। व्यास क्षेत्र विभाजन हुँदा महाकालीवारिका कुटी, नावी, गुन्जी, छाँगरु, ऋषिगाउँ, तिङकरलगायत ६ गाउँ नेपालतिर र बाँकी ६ गाउँ भारततिर परेका थिए ।

प्रकाशित मिति : शुक्रबार, ५ असार २०७७ १४:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ