यूवा संघ सोलुखुम्बुले पायो पूर्णता, केन्द्रीय संयोजकबाट सपथ ग्रहण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय यूवा संघ सोलुखुम्बु जिल्ला कमिटीको प्रथम एकता भेला तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा यूवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गराउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै दिपशिखाले देश यूवाहरुको काँधमा रहेको हुनाले त्यसतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्जसमेत रहनुभएको संघीय सांसद हेमकुमार राई, यूवा संघका केन्द्रीय सहसंयोजक रमेश पौडेल, नेकपा प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेकपा जिल्ला कमिटी अध्यक्ष मानबीर राई र सचिव गोम्बु शेर्पा (कज्र्याङ), नेकपा प्रदेश कमिटी सदस्यहरु आङङिमा लामा, धु्रब पराजुली, सागर किराती, प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत, यूवा संघ सोलुखुम्बु जिल्ला इन्चार्ज भद्रगोल किराती तथा सहइन्चार्ज हेमचन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।
सपथ ग्रहणसँगै देउता बस्नेत संयोजक र योगेश श्रेष्ठ सहसंयोजक रहनेगरी यूवा संघ सोलुखुम्बु जिल्ला कमिटीले पूर्णता पाएको छ ।photo by ganesh kumar rai