सेटिङमा फैसला आए आन्दोलन हुन्छ : प्रधानमन्त्री ओली
विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् ।
आज (शनिबार) आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि सशक्त रुपमा अगाडि बढ्ने बताए ।