Logo

‘गोक्यो री’ले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम


काठमाडौं । विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर)मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको ‘गोक्यो री’ले विश्व रेकर्ड कायम गरेको छ । गत फागुन १९ मा डिजिटल बजारमा सार्वजनिक गरिएको उक्त गीत र भिडियोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को मान्यता पाएको हो ।

मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर दिएको गीत सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छायांकन पनि सोही ठाउँमा गरिएको हो ।

पर्यटन व्यवसायी सन्च खालिङ (सोलुखुम्बु–बासा), लक्ष्मण कार्की (सोलुखुम्बु–सोताङ) र पावल राई ( म्यूजिसियन)निर्माताको रुपमा रहेका छन् ।

दुलर्भ जन्तरे (सोलुखुम्बु–सोताङ)को निर्देशनमा तयार भएको गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण टिमले जनाएको छ ।

गीत र भिडियोलाई गायिका वविना किराँतीको यूटुव च्यानलबाट सुन्न र हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : शुक्रबार, ६ चैत्र २०७७ १९:३१
प्रतिक्रिया दिनुहोस्