पाप्दुको श्री पशुपति आधारभुत विद्यालय भवन पहिरोले पुरियो
–अर्जुन खालिङ राई
सोलुखुम्बु, वाकु । अविरल बर्साका कारण पहिरो जाँदा सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६, वाकुको पाप्दुमा अवस्थित श्री पशुपति आधारभुत विद्यालय पुरिएको छ ।
माथिबाट झरेको पहिरोले पुरिएर विद्यालयको २ कोठे ई. सि. ई. डि. भवनमा पुर्ण क्षती पुर्याएको छ । ढुङ्गा, माटोले बनेको उक्त भवन टिनको छानोले रहेको थियो ।