सबैभन्दा धेरै सगरमाथा आरोही भएको गाउँ बन्यो लोखिम, गाउँपालिकाद्वारा सबै आरोहिहरुलाई विशेष सम्मान
काठमाडौं । तीब्र गतिमा भइरहेको नमुना र परिणाममुखी भौतिक निर्माण होस् या सम्बृद्ध गाउँपालिका बनाउने ठोस् कार्ययोजनाकै हिसाबले किन नहोस् । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको विकास मोडल र त्यहाँको गतिशिल जननेतृत्वका कारण चर्चाको शिखरमा छ ।
यही गाउँपालिकाको वडा नम्बर ९ को एउटा गाउँ लोखिमका ३२ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको विषय अर्को चर्चाको विषय बनेको छ । त्यसोत, एउटै गाउँमा सबैभन्दा बढि सगरमाथा आरोही भएको नाम हुन सक्दछ लोखिम । ३२ जना आरोहीहरुमध्ये लोखिमस्थित कुरिमा भन्ने गाउँको अधिकांश छन् । त्यसमा पनि १ जना तामाङ समुदायबाट र त्यसबाहरेक सबै आरोही शेर्पा समुदायबाट प्रतिनिधित्व गर्दछन् ।
१२ पटकसम्म सगरमाथा आरोहण गर्नेदेखि विभिन्न कीर्तिमान कायम गर्न सफल सोही लोखिमका आरोहीलाई गाउँपालिकाले विशेष सम्मान गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ९ ले माउन्टेन एकेडेमीसँगको सहकार्यमा लोखिममा सञ्चालित महिला टे«किङ गाईडहरुलाई प्रमाणपत्र वितरण तथा प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नका लागि शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष असिम राईले आरोहीहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।
उक्त कार्यक्रम गर्ने क्रममा अध्यक्ष राईले एउटै गाउँमा ३१ जना सगरमाथा आरोही भएको गाउँपालिकाको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको उल्लेख गर्दै गाउँपालिकाको समग्र सम्बृद्धि र विकास तथा पर्यटन प्रवद्र्धनमा आरोहीहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । संविधानत संघात्मक प्रणालीमार्फत बांगोटिंगो गरी अधिकार प्राप्त भएपनि स्रोत र साधनको सिमितताको बावजुद पनि आफुहरुले तत्कालिन र दीर्घकालिन ठोस योजना बनाएर नमुना गाउँपालिका बनाउने अभियान अघि बढाइरहेको उहाँले बताउनुभयो ।
बहुआयमिक विकासका गर्ने क्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको आगामी दिनमा थुलुङ दुधकोशी गाउँपालिकामै पर्वतारोहण शिक्षा अध्यापन गर्न आफु तयार रहेको पनि बताउनुभयो । उहाँले पर्यटनसम्बन्धि जनेचेतना र जागरण ल्याउनका लागि लोखिममा सञ्चालन गरिएको महिला टे«किङ गाईड तालिम कोशेढुंगा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सबिता राईले महिला सशक्तिकरणमा महिला टे«किङ गाईड तालिमले ठूलो टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा पनि यसखालका रचनात्मक गतिविधि अगाडि बढाउने भनाइ उहाँको थियो ।
माउन्टेन एकेडेमीकी अध्यक्ष लाक्पाफुटी शेर्पाले लोखिम हरेक तवरबाट उदाहरणीय गाउँ भएको बताउँदै यस ठाउँमा महिला टे«किङ गाईड तालिम सञ्चालन हुनु सह्रानीय रहेको बताउनुभयो । ठुलो चुनौतीको सामना गरेर सोलुखुम्बुको गार्मामा माउन्टेन एकेडेमी केन्द्र निर्माण अघि बढाइएको र भविष्यमा यसलाई पर्वतारोहण विश्व विद्यालयको रुपमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन विकासका लागि नयाँ पर्यटकीय गतिविधिहरुको पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने र पर्यटनबारे जनचेतना जगाउनुपर्ने आवश्यकतासमेत औल्याउनुभयो ।
गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ९ का वडा अध्यक्ष भुपालसिं राईले विभिन्न माध्यमबाट तल्लो सोलुको पर्यटन प्रवद्र्धन अघि बढाइएको भन्दै गाईड तालिम पनि त्यसकै एउटा उपज भएको बताउनुभयो । गाउँपालिका अध्यक्षले निर्वाचित भइसकेपछि नमुना गाउँपालिका बनाउने उद्घोष गर्नुभएको स्मरण गर्दै वडा अध्यक्ष राईले नमुना वडा नभई नमुना गाउँपालिका नहुने कुरालाई आत्मसाथ गर्दै त्यसनिम्ति प्रतिबद्ध रुपमा आफु लागिपरेको बताउनुभयो ।
त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक डा. खड्कनारायण श्रेष्ठ तल्लो सोलुखुम्बुको पर्यटन विकासमा तालिमले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिकाको हरेक क्षेत्रमा उदाहरणीय काम भइरहेको उल्लेख गर्दै उहाँले यहाँको पर्यटन विकासका लागि अनुसन्धान जस्तो कार्यलाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।
तालिमका प्रशिक्षकसमेत रहनुभएका श्रेष्ठले तल्लो सोलुको पर्यटन विकासका लागि हस्पिटलालिटी र पर्यटकीय पूर्वाधारमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । सगरमाथा आरोही तथा तालिमका अर्का प्रशिक्षक छिरीङ जाङ्बु शेर्पा ग्रामीण क्षेत्रमा पर्यटन सुरुवात गर्न ट्रेकिङ गाईडबाटै सुरु गर्नुपर्ने भएकोले तालिम अत्यान्तै समयसान्दर्भिक रहेको बताउनुभयो । उहाँले पर्यटनलाई वढावा दिनको लागि थप नयाँ आयम खोज्नुपर्नेमा जोड दिनुभयो ।
वडा अध्यक्ष भुपालसिं राईको सभापतित्व तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई मायाको चिने प्रदान गरियो ।