खालिङ राई विद्यार्थी संघको पहिलो अधिवेशन सम्पन्न, डोल्मा खालिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । किरात खालिङ राई विद्यार्थी संघको पहिलो अधिवेशनबाट डोल्मा खालिङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यसअघि विद्यार्थी विभागको रुपमा रहेकोमा त्यसलाई संघको रुपमा घोषणा गर्दै शनिबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा पहिलो अधिवेशन सम्पन्न गरिएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा टङ्क राज खालिङ राई, द्धितीय उपाध्यक्षमा भुपाल खालिङ राई, सचिवमा शर्मिला खालिङ राई, सहसचिवमा कुशल खालिङ राई, कोषाध्यक्षमा रजनी खालिङ राई र सहकोषाध्यक्षमा कृष्ण खालिङ राई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मुना खालिङ राई, खुशी खालिङ राई, प्रविण खालिङ राई, कला खालिङ राई, दिपा खालिङ राई, गौतम खालिङ राई, देविन्द्र खालिङ राई र अर्पण खालिङ राई रहेका छन् ।
कार्यक्रममा किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष सिता कुमारी खालिङले बधाई ज्ञापन गर्दै संस्थालाई अगाडि बढाउन संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै अन्तर्गत किरात खालिङ राई उत्थान संघका पूर्व महासचिव प्रकाश खालिङले समुदायलाई अगाडि बढाउने हरेक अभियानमा संघले रचनात्मक र सिर्जनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सबैलाई जोडेर लैजाने वातावरण बनाउन सुझाव दिए ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष जय कुमार खालिङ, दिद्धीय उपाध्यक्ष तिलक खालिङ, सचिव टिआर खालिङ, केन्द्रीय सदस्यहरु संगीता खालिङ, सलिना खालिङ, संस्थाको काठमाडौं जिल्ला सचिव प्रदिप खालिङलगायतको उपस्थिति रहेको थियो ।