भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका प्रभावशाली युवा नेता सुदन किराती निर्वाचित
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली युवा नेता सुदन किराती निर्वाचित भएका छन् । आफ्न निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई दुई हजार ३८५ मतान्तरले पराजित गर्दै किराती निर्वाचित भएका हुन् । किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी २६ हजार १९३ मत पाए ।
सुदन र शेरधनबीच भोजपुरमा यो तेस्रो प्रतिस्पर्धा हो । यसअघि शेरधनलाई सुदनले ६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए । दोस्रो संविधानसभामा शेरधन विजयी भए । ७४ मा वाम गठबन्धनबाट सुदन संघमा र शेरधनले प्रदेशमा जितेका थिए । २०४८ सालसहित भोजपुरबाट ह्याट्रिक गरिसकेका शेरधन राईको चौथो जितमा यसपटक ब्रेक लागेको छ ।
प्रदेशसभातर्फ १ मा नेकपा एसका सचिव एवं मुख्यमन्त्री राजेन्द्रकुमार राई र २ मा कांग्रेस जिल्ला सभापति विनोद बान्तवाले जितिसकेका छन् ।