नेचासल्यानको भेडिखोर पोखरी पुनःनिर्माणको शिलान्यास
सोलुखुम्बु । नेचासल्यान गाउँपालिका १ स्थित भेडिखोर पोखरी पुनःनिर्माणको शिलान्यास गरिएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले उक्त पोखरी पुर्नभरणको शिलान्यास गरेका हुन् ।
एईआईएन लग्जम्वर्गको आर्थिक र ग्रामिण विकास संस्थाको प्राविधिक तथा नेचासल्यान गाउँपालिकाको समपुरक कोषबाट सञ्चालित सोलुवाट्री परियोजना अन्तरगत १७ लाख लागतमा पोखरी पुर्ननिर्माण हुने जनाइएको छ । पोखरी पुर्नभरणको काम अबको ३ महिना भित्रमा हुनेछ ।
गाउँपालिका अध्यक्ष राईले भेडीखोर पोखरी धार्मीक रुपमा पनि ऐतिहासीक भएकाले पुर्ननिर्माणले पर्यटन प्रवद्धनमा समेत भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।