Logo

थुलुङ दुधकोशी गाउँपालिकाले आधा अर्बको बजेट ल्याउदै


सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकाले ५२ करोड ३ लाख ५४ हजारको बजेट ल्याउने भएको छ।

अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठकबाट उक्त सीमा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।आर्थिक बर्ष २०८०/०८१ का लागि संघीय अनुदान,प्रदेश अनुदान,आन्तरिक श्रोत तथा बैंक मौज्दातका आधारमा राजस्व परामर्श समितिको परामर्श अनुसार आयको अनुमान गरि बजेटको तयारी गरिएको हो।

जसका लागि संघीय सरकार बित्तीय समानिकरण १२ करोड २५ लाख,संघीय सरकार ससर्त अनुदान २६ करोड ३० लाख,संघीय सरकार बिशेष अनुदान १ करोड २५ लाख,संघीय सरकार समपूरक अनुदान १ करोड ३० लाख,संघीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड,३८ लाख ७९ हजार सात सय प्राप्त हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो।

यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदान ७८ लाख ३३ हजार,प्रदेश सरकार राजस्व बांडफाँफबाट २९ लाख ८ हजार,आन्तरिक राजस्व अनुमान १ करोड १७ लाख ४३ हजार ५ सय र चालु आवको बैंक मौज्दात अनुमान गरि कुल ५२ करोड ३ लाख ५४ हजारको आय अनुमान गरि त्यसैका आधारमा बजेट निर्माण प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, १ असार २०८० १६:२३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ