Logo

भ्रष्टचारविरुद्धको प्रचण्ड अभियानमा कोही प्रतिपक्षी नबनौँ : मन्त्री किराती


साउन २७ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको युग समृद्धिको युग भएकाले भ्रष्टचारविरुद्धको महाअभियानमा सवै एक ठाउँमा उभिन आग्रह गरेका छन् । शनिबार पौवादुङमा सेवा समाजद्धरा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधत्रन गर्दै उनले यस्तो बताएका हुन् ।

सामुहिकता हाम्रो नेपाली समाजको रैथाने सँस्कृति भएको भन्दै सामुहिक प्रयत्नद्धरा मात्रा भ्रष्टचारलाई परास्त गर्न सकिने धारणा राखेका थिए । प्रचण्ड नेतृत्वको सरकारले थालेको यो अभियानमा गृहमन्त्रीको सहासलाई सवैले सम्मान गर्नुपर्ने मन्त्री किरातीले बताए ।

मन्त्री किरातीले भने ‘सामुहिकता नेपाली सँस्कृति हो हामी मिलेर नै राणा शाषनको अन्त्य गरेको हो, पञ्चायत र राजतन्त्रको अन्त्यका लागि पनि मिलेर नै लडेका हौँ म त भन्छु राष्ट्रिय सहमति गरेर अगाडी बढौँ । अवपनि देश विकासका लागि पार्टीगत हिसावले विभाजित हुने हो भने भावि पुस्ताका निम्ति त्यो महंगो पर्ने छ । विगतमा हामी राजनितिक हिसावले नमज्जाले विभाजित भयौँ अहिलेपनि केही विग्रिएको छैन जहाँबाट बाटो विरायौँ त्यही फर्किएर हामीले करेक्सन हुनपर्छ । एक मात्रा संकल्प गरौँ समृद्धीको बाधक भष्टचार हो यस विरुद्धको अभियानमा अव एक हौँ ।’

गृह जिल्लासंगै पूर्वका विभिन्न जिल्लामा औपचारिक कार्यक्रम सकेर शनिवार मात्रै काठमाडौं आएका मन्त्री किरातीले भष्टचार विरुद्धको प्रचण्ड सरकारले थालेको अभियानले गाउँमा जनजनमा आशा सञ्चार भएको छ ।

प्रकाशित मिति : शनिबार, २७ श्रावण २०८० १९:०७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ