Logo

एमालेको बिराटनगर अधिबेशनको लागि सोलुखुम्बुबाट १६ जनाको नाम सिफारिस


सोलुखुम्बु : नेकपा एमालेको यही असोज १२ र १३ गते बिराटनगरमा सम्पन्न हुन लागेको कोशी प्रदेश अधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट १६ जनाको नाम प्रतिनिधिको रुपमा छनोट गरी पठाइएको छ । प्रदेश कमिटी अधिवेशनका लागि जिल्ला आठवटै पालिका कमिटीबाट शुक्रबार प्रतिनिधिहरुको नाम पठाइएको एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष बास्तोलाका अनुसार पालिका कमिटी, उत्पीडित क्षेत्र र मजदुर क्षेत्रबाट सर्वसम्मत सिफारिस प्रदेश अधिवेशन प्रतिनिधिहरुमा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, राष्ट्रिय सभा सदस्य सोनामगेल्जेन शेर्पा, पूर्ब प्रदेशसभा सदस्य तथा कोशी प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेत, महेश किरातीसंगै सदस्यहरु सुर्यकुमारी सुनुवार, डि.बि.रानापाल, कुमार राई रहनुभएको छ ।

यसैगरी, जिल्ला कमिटी उपाध्यक्ष हर्कबहादुर राई, जिल्ला कमिटी लेखा समिति संयोजक रामकाजी श्रेष्ठ, माप्य दुधकोशी गाउँपालिका अध्यक्षसमेत रहेका जिल्ला कमिटी सचिवालय सदस्य बुद्धिकिरण राई, कल्पना राई ,चरित्रबहादुर भुजेल, टसिल्हामु शेर्पा, भक्त राई, साबित्रा भट्टराई र पार्वती राईको नाम प्रदेश अधिबेशन प्रतिनिधिमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति : शनिबार, ६ आश्विन २०८० १०:५०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ