Logo

शिक्षक सरुवा कार्यान्वयन गरेर तलब माग गर्न स्कुललाई गाउँपालिकाकोनिर्देशन


काठमाडौं, ११ असोज । उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेसँगै तारकेश्वर गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको छ ।

आज गाउँपालिकाले ३४ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई पत्र काटी १६ असोजसम्ममा सरुवा कार्यान्वयन गरी नयाँ तथ्याङ्क अनुसार तलब सुविधाको माग फाराम भर्न निर्देशन दिएको हो ।

यसअघि, गाउँपालिका अध्यक्ष शिव अधिकारीले कडाईका साथ सरुवा कार्यान्वयन गराउन शिक्षा शाखालाई निर्देशन दिनुभएको थियो ।शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने जानकारी दिँदै गाउँपालिका अध्यक्ष अधिकारीले निर्धारित समयभित्र सबै शिक्षकको सरुवा कार्यान्वयन भइसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको थियो ।

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ-संगठनको अगुवाइमा उच्च अदालत पाटनमा दायर भएको रिटमा यसअघि दिइएको अन्तरिम आदेश उच्चले हिजो खारेज गरेको थियो ।

प्रकाशित मिति : बिहीबार, ११ आश्विन २०८० २०:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ