Logo

मिडल इन्खु जलविद्युत् आयोजनाद्वारा ईआइएमाथि सुझाव माग


सोलुखुम्बु :  मिडल इन्खु जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)माथिको सुझाव पेश गर्न आह्वान गरेको छ । आयोजनाले ईआइएबाट प्राप्त विवरण सार्वजनिक गर्दैै त्यसमा सुझाव दिन सूचना नै जारी गरेको छ ।

२७.९ मेगावाट क्षमताको उक्त आयोजना सोताङ गाउँपालिका २ र माप्य दुधकोशी गाउँपालिका ७ को सीमा नदी दुधकोशीमा निर्माण हुन लागेको हो ।

जारी सूचनाअनुसार यस आयोजनाको ग्रस हेड चार सय २३ मिटर छ । सो आयोजनाको वार्षिक ऊर्जा उत्पादन एक सय ६४ गिगावाट प्रतिघण्टा छ भने प्रस्तावित आयोजनाको हेडवर्क्स, इन्टेक एप्रोच क्यानल, डिसेन्डर इन्खु खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ ।

बाँकी हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस, स्वीचयार्ड, टर्बाइन इन्खु खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय तिङ्ला सवस्टेशनमा जोडिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब ४७ करोड ९८ लाख २३ हजार बराबर रहने प्रस्ताव गरिएको छ । यस आधारमा आयोजनाको प्रतिमेगावाट लागत रु १९ करोड ३५ लाख ५० हजार बराबर रहनेछ ।
आयोजनाको निर्माण चरणमा प्रत्यक्ष रुपमा तीन सय ३७ जनाले रोजगारी प्राप्त गर्नेछन् । त्यसमा ४८ जना दक्ष, ५० जना अर्धदक्ष र कामदार र श्रमिक भने दुई सय ३९ जना रहने छन् । दक्षता र क्षमताअनुसार आयोजना प्रभावितलाई आयोजनामा रोजगारी प्रदान गरिनेछ । आयोजनाका विभिन्न संरचनाको निर्माणका लागि १७ दशमलव ४१ हेक्टर जग्गा आवश्यक पर्नेछ । त्यसमा १ दशमलव ४१ हेक्टर स्थायीरूपमा र छ हेक्टर अस्थायी रूपमा प्रयोग गरिनेछ ।

निर्माण सामग्री जस्तै तेल, मोबिल, ग्रिज, इन्धन तथा अन्य तरल पदार्थको चुहावट, ध्वनि प्रदूषण, जमीनको अस्थिरता र माटोको क्षयीकरण, प्राकृतिक जल बहावमार्गमा परिवर्तन, आयोजनाको संरचनाले भूवनोटमा परिवर्तन, ढुङ्गा खानी सञ्चालन, निर्माण सामग्री थुपार्ने र उत्खनन गर्दा निस्कने माटो तथा ढुङ्गाले पार्ने प्रभाव जस्ता प्रभाव निर्माण चरणमा देखिनेछ ।
यसका साथै सञ्चालन चरणमा खोलाको पानीको बहावमा कमी, खोलाको स्थानीय जलवायुमा प्रभाव, विद्युत् गृहबाट निस्कने ध्वनि, तेल, ग्रिज तथा अन्य रासायनिक पदार्थको चुहावट, पानीको गुणस्तरमा पर्ने प्रभाव, खोला थुनिएर हुनसक्ने असरआदि रहेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : शुक्रबार, १९ आश्विन २०८० १०:२३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ