जाजरकोट भूकम्प : सरकारले प्रति मृतक २ लाखका दरले परिवारलाई राहत दिने, घाइतेको निःशुल्क उपचार
काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार सरकारले भूकम्पमा परी घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको छ । प्रभावित परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
सरकारले छिमेकी देशसहित दातृ निकायबाट औपचारिकरूपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत छन् ।