थुलुङ दुधकोशीमा अवस्थित नाम्से आविको भवन उद्घाटन !
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-७ मा अवस्थित नाम्से आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ । उक्त भवनको गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार उद्घाटन गर्नुभएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाको रु. २९ लाख लागतमा ५ कोठे भुकम्प प्रतिरोधी भवन २०७९ साल माघ २६ गते सम्झौता भई २०८० साल बैशाख मसान्तमा निर्माण सम्पन्न भएको थियो ।
हाल बालविकास देखि ३ कक्षासम्म पठनपाठन हुँदै आइरहेको यस विद्यालयमा ४२ जना विद्यार्थिहरु अध्ययनरत छन ।
नाम्से अधारभुत विद्यालयको पुरानो भवन रहेको भएपनि २०७२ सालको भुकम्पबाट जिर्ण भएकाले चित्राको टहरामा पठनपाठन गराइदै आएको थियो ।
भवन उद्घाटनसँगै पठनपाठनमा सहजता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्दिराम नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सविता राईलगायतका स्थानीय जनप्रतिनिधि, शिक्षक, स्थानियवासी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।