Logo

महाकुलुङ गाउँपालिकाको बजेट संशोधन गर्दै सकियो १२औँ गाउँसभा


सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले १२औँ गाउँसभाबाट चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । सोमबार पालिकाको सभा हलमा सम्पन्न १२औँ गाउँ सभाबाट संशोधन गर्दै कुल ३९ करोड ७ लाख ५९ हजार ४०८ रुपैयाँ बजेट कायम गरेको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिनुभयो हो ।

जबकी, यसअघि ३५ करोड १५ लाख ३५ हजार एक सयको बजेट ल्याइएको थियो । संशोधित बजेटमा अघिल्लो वर्षको खर्च हुन बाँकी रकम ३ करोड ८६ लाख ८९ हजार ३०८ रुपैयाँ र ससर्त अनुदान तर्फको ३ लाख ३५ हजार थप गरिएको छ ।

बजेट थपिएसँगै केही कार्यक्रमसमेत थपघट गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये माघ अन्तिमसम्म २५.२१ प्रतिशत खर्च भएको प्रतिवेदन सो सभामा प्रस्तुत गरिएको छ ।

 

प्रकाशित मिति : मंगलवार, १५ फाल्गुन २०८० १७:२२
प्रतिक्रिया दिनुहोस्