सोलुदुधकुण्डमा अपाङ्गता पहिचान सम्बन्धी २ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा अपाङ्गता पहिचान सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको अपाङ्गता पहिचान सम्बन्धि २ दिने क्षमता विकास कार्यक्रम मंगलवार जनजागृति माविको हलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।