Logo

थुलुङ दुधकोशीले एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख र ३.६ भदाबढी जीपीए ल्याउनेलाई २५ हजार पुरस्कार दिने


सोलुखुम्बु ।माध्यमिक शिक्षा परीक्षा(एसईई)आउन केहि दिन मात्र बाँकी रहँदा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरष्कृत गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रवार सम्पन्न कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।प्रवक्ता कार्कीका अनुसार बैठकले माध्यमिक शिक्षा परीक्षा(एसईई) ३.६ भदा बढी र ४ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई जनही २५ हजार नगद र ४ जीपीए ल्याउने विद्यार्थीलाई १ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। विद्यार्थीलाई अध्ययनका लागि प्रेरित गर्न,प्रतिस्पर्धी क्षमताको बिकास र शिक्षामा गुणस्तर ल्याउने उदेश्यले पुरस्कार दिने व्यबस्था गरिएको पालिका अध्यक्ष राईले बताउनुभयो ।

यस बर्ष यही चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा(एसईई) सञ्चालन हुंदैछ।

यस्तै, उत्कृष्ट अध्यापन गराउने शिक्षक, प्रधानाध्यापक र काम गर्ने कर्मचारीलाई पनि पुरस्कारको व्यबस्था गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । कक्षा १-३, १-५, १-८ र १-१२ का एक/एक जना उत्कृष्ट शिक्षक र प्रधानाध्यापक छनौट गरि पुरस्कार प्रदान गरिने बताइएको छ । प्रत्यक वडाबाट प्राप्त प्रतिवेदनको आधारमा पालिका भरिबाट तहगत शिक्षक छनौट गरि चार जनालाई पुरस्कार दिने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यस्तै उत्कष्ट काम गर्ने कर्मचारीलाई समेत पुरस्कार दिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिका कार्यालयमा काम गर्ने र अन्य ९ वटा वडामा काम गर्ने एक/एक जना कर्मचारीलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा पुरस्कार प्रदान गरिने उहाँको भनाइ छ । कर्तव्यनिष्ठ भइ काम गर्दा पुरस्कार पाइन्छ र कम्जोरी गरेको खण्डमा कार्वाही समेत हुन्छ भन्ने मान्यता अनुरुप यस वर्षबाट पुरस्कार दिने व्यबस्था गरिएको गाउँपालिकाले जनाएको छ ।यसरी विद्यार्थी देखि कर्मचारी सम्मलाई कार्य सम्पादन मुल्याङ्कनको आधारमा पुरस्कार दिने व्यबस्था गर्ने पालिका थुलुङ पहिलो रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, १६ चैत्र २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ