Logo

माप्य दुधकोशीलाई ‘डिजिटल पालिका’ बनाउने कार्य औपचारिक रुपमा सुरु


सोलुखुम्बु / माप्य दुधकोशी गाउँपालिकालाई डिजिटल पालिकाको रुपमा विकास गर्ने कार्य सुरुवात गरिएको छ । डिजिटल पालिकाको गुरुयोजना निर्माणका लागि सोमबार खास्तापमा अवस्थित गाउँसभा हलमा एक गोष्ठी सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको सभापतित्वमा सेवा प्रदायक तथा विषयविज्ञहरुको उपस्थितिमा सम्पन्न उक्त गोष्ठीमा स्थानीय जनप्रतिनिधि, सबै वडाका शैक्षिक तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, कर्मचारी र सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा अध्यक्ष राईले पालिकालाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर काम अघि बढाईएको बताउनुभयो । सस्तो लोकप्रियताका लागि नभई जनताको आवश्यकतालाई दीर्घकालिन रुपमा समाधान हुनेगरी पर्याप्त आधार तयार गरेर डिजिटल पालिका घोषणा गर्न लागिएको भनाई उहाँको थियो ।

गोष्ठीमा सहभागीहरुले भौगोलिक विकटताका कारण अहिले झेल्नु परिरहेको समस्याहरुका साथै सबैखाले सेवा प्रवाहलाई प्रविधिसँग जोड्न आधारभूत पूर्वाधार तथा परिचालनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

उक्त गोष्ठी सम्पन्न भएसँगै वडाहरुको स्थलगत अध्ययन तथा अनुगमनको काम पनि सुरु भएको छ।

सबै वडाको स्थलगत अवलोकन तथा अध्ययनबाट प्राप्त प्रतिवेदनअनुसार आवश्यक आधारहरु तयार भएपछि गाउँपालिकालाई डिजिटल पालिकाको रुपमा घोषणा गरिने छ ।

प्रकाशित मिति : सोमबार, १७ बैशाख २०८१ १८:१९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ