Logo

सोलुदुधकुण्ड नगरपालिकामा जिल्लाकै पहिलो कृषि यान्त्रीकरण घोषणा


सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ बेनी जिल्लाकै पहिलो कृषि यान्त्रीकरण वडा घोषित भएको छ । वडाका अधिकांश कृषकहरु कृषि यन्त्रको पहुँचमा पुगेसँगै सोमबार बेनीमा एक कार्यक्रमका बिच कृषि यान्त्रीकरण घोषणा गरिएको हो ।

नगरपालिकामा सूचीकृत ३३६ घर धुरी कृषक मध्ये सबै कृषकहरु यन्त्रको पहुँचमा पुगेको नगरपालिका कृषि शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा कृषकलाई ९ वटा मिनिटिलर, ९ वटा थ्रेसर, १२ वटा कम्बाइन मिल, ९ वटा ब्रस कटर, ६ वटा कन्सेलर, १८ वटा टिम्बुर टिप्ने औजार, २ वटा च्याफ कटर सतप्रतिशत अनुदानमा प्रदान गरिएको छ ।

कृषि यान्त्रीकरण घोषणा गर्दै नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगरपालिका र यहाँका जनप्रतिनिधिहरु जनताको सेवामा असाध्यै सकृय रुपमा दिनरात नभनी लागिपरिरहेको बताउनुभयो । कृषी, पर्यटनदेखि स्वास्थ्य, शिक्षासहित हरेक क्षेत्रमा नगरपालिका अब्बल रहेको उहाँले दाबी गर्नुभयो ।

कृषि प्रदान मुलुक भएपनि परम्परागत तवरमा मात्रै सिमित हुँदा प्रतिफल कम भएको प्रमुख शेर्पाको भनाइ छ । जसलाई मध्ये नजर गर्दै कृषि यान्त्रीकरणको माध्यमबाट थोरै समय र लगानीमा धेरै प्रतिफल लिने बाताबरण सृजना गरिने उहाँले बताउनुभयो ।

प्राप्त सामाग्रीहरुलाई उच्च सदुपयोग गरि प्रतिफल लिन समेत उहाँले किसानलाई आग्रह गर्नुभयो । यस्तै नगर उपप्रमुख गान्धी माया तामाङले कृषि आधुनिकीकरणको क्षेत्रमा बेनीले जिल्लामै इतिहास रच्न सफल भएको बताउनुभयो ।

वडा नम्बर २ ले समय अनुसार आफुलाई अघि बढाउने कोशिस गरिरहेकाले यहाँबाट अन्य वडाहरुले समेत सिक्न आवस्य रहेको उहाँको भनाइ छ । वडा नम्बर २ का वडाअध्यक्ष ङवाङ ठिले शेर्पाले वडालाई कृषिमा पुर्ण आधुनिकीकरण गर्न सबै जना जुटिरहेको बताउनुभयो ।

साथै कृषि यान्त्रीकरण घोषणामा सहयोग गर्ने नगरपालिका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि, कर्मचारीसहित सम्बद्ध सबैलाई धन्यवाद दिनुभयो । यस्तै सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले कृषिमा आधुनिकीकरणका लागि वडा नम्बर २ ले अङ्गिकार गरेको योजना अत्यन्त प्रशङ्सायोग्य रहेको बताउनुभयो ।

कृषि पेशाबाट युवा जनशक्ती पलायन हुने क्रम तिब्र हुँदै गइरहदा कृषि यान्त्रीकरण वडा घोषणाले विदेशीने युवा जनशक्तिलाई रोक्नमा ठूलो टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नगरपालिका कृषि शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाले प्राप्त यन्त्रको जतनका साथ सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कतिपय यन्त्रहरुसग कृषक जानकार नहुने भएकाले यस्तो अवस्थामा कृषि प्राबिधिकहरुसँग समन्वय गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

बेनीका वडाअध्यक्ष ङवाङ ठिले शेर्पाको अध्यक्षता तथा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त घोषणासभा तथा कृषि सामाग्री वितरण कार्यक्रममा नगरकार्यपालिका सदस्य पेलु लामासहित अन्य जनप्रतिनिधि, नगर तथा वडाका कर्मचारी, कृषक, स्थानीय, बुद्धिजीवी, विभिन्न राजनितिक दलका प्रतिनिधि, सरोकारवाला लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : मंगलवार, १ श्रावण २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ