Logo

खुम्बु पासाङल्हमु गाउँपालिकाले काठमाडौंमा एकीकृत सेवा शिविर सञ्चालन गर्ने


सोलुखुम्बु – खुम्बु पासाङल्हमु गाउँपालिकाले आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको २०८२ साउन ८ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार आगामी साउन १८ गतेदेखि २१ गतेसम्म काठमाडौंको चाबहिल, चुच्चेपाटी (के.एल. टावरको अगाडि) मा एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाले सबै सेवाग्राहीलाई समयमै उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।

काठमाडौंमा बसोबास गर्ने खुम्बु पासाङल्हमु गाउँपालिका क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा सामाजिक सुरक्षाभत्ता, विभिन्न नागरिक प्रमाणिकरण सेवाहरू,सामाजिक सुरक्षा भत्ता दर्ता तथा भौमेट्रिक प्रमाणिकरण ,जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद लगायतका नागरिक प्रमाणिकरण सेवा ,राष्ट्रिय परिचयपत्र वितरण वडा कार्यालयबाट प्रदान गरिने अन्य सबै प्रकारका सेवा प्रदान गरिने छ ।

 

प्रकाशित मिति : आईतवार, १२ श्रावण २०८२ २०:२४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ