आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न, आवश्यकताका आधारमा लगानीलाई बढावा दिने अध्यक्ष अम्गाईको प्रतिवेदन पारित

काठमाडौं, ११ असोज २०८२ । जलविद्युत, सिमेन्ट उद्योग तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्दै आएको आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्यतारा होल्डिङ्स अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको लगानी कम्पनी हो ।
अम्गाईको नेतृत्वमा रहेको होल्डिङसको सञ्चालकहरुमा श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहनुभएको छ ।
शनिवार सम्पन्न भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अम्गाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरुबारे प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित सर्वसम्मतले पारित गरेको छ ।
अध्यक्ष अम्गाईले आफ्नो प्रतिवेदनमार्फत मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तर्गत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन अन्तर्गत एयरलाइन्स र हेलिकोप्टर, जलविद्युत परियोजना, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन र बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षण संस्था र स्वास्थ्य सेवाको प्रवर्द्धन तथा लगानी गर्ने योजना प्रस्तुत गर्नुभएको छ । त्यसका लागि विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने भनाई उहाँको छ ।
प्रथम साधारणसभा संस्थाका सल्लाहकारहरु प्रकाशचन्द्र देवकोटा, भिम प्रसाद पन्त, मुक्ति पाण्डे र नारायण रेग्मीले संस्थाले चालेको कदमको चर्चा गर्दै आगामी व्यवसायिक सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।