Logo

खुम्बु ल्होसार कप-२०२६ आउँदो माघ २४ गतेबाट सुरु हुने


काठमाडौं। शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप-२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ। यो प्रतियोगिता खुम्बु ल्होसार कपको १५औं संस्करण हो ।

शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष)को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औं संस्करण महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको हो।

यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु ल्होसार कपको १५औं संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको आयोजकले जनाएकाे छ ।

शेर्पा युवाहरूमा खेलकदप्रतिको रुचि बढाउन, उनीहरूको प्रतिभा उजागर गर्दै समुदायबीचको एकता मजबूत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था महेन्द्र ज्योति एक्स स्टुडेन्ट फोरमका अध्यक्ष फुर गल्जे शेर्पाले बताउनुभयो । यसको माध्यमबाट नेपालमा खेलकुद र पर्यटनको प्रवर्द्धन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष शेर्पाकाअनु‌सार सोलुखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसर पारेर यो फुटबल प्रतियोगिता सञ्चालन गरेका थिए ।

प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू यसप्रकार रहेका छन

१। महेन्द्र ज्योति एक्स स्टुडेन्ट फाेरम फराक

२ नाम्चे युवा समूह, नाम्चे

३ खुम्जुङ युथ क्लव, खुम्जुङ

४ खुन्दे कम्युनिटी क्लव, खुन्दे

५ ठमिछोवा क्लब (ठमिछोवा फुटबल क्लब), थामे

६ अमादब्लम यूथ वृष (पाङबोच अमदब्लम युवा समूह), पाङ्बोचे

७) खुम्बु यम्बु शेर्पा समाज
८) खुम्बु युनाईटेड

ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरु र समुदायलाई जोड्ने साझा उत्सवका रूपमा स्थापित भइसकेको अध्यक्ष शेर्पाले बताउनुहुन्छ । “विश्वभर खेलप्रतिको उत्साह तीव्र रूपमा बढ्दै गएको छ” उहाँले अगाडि थप्नुभयो ” फुटबलको लोकप्रियता झन व्यापक छ। यसै सन्दर्भमा हामी खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढेका छौं । खेलकुद, विशेषगरी फुटबलको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजना अनुसार यस प्रतियोगितालाई सम्भव भएसम्म दीर्घकालीन र प्रभावकारी बनाउने तयारी गरेका छौं ।”

खुम्बु लोसार कप-२०२६ काे शीर्ष प्रायोजकका रुपमा १४ पिक्स एक्स्पीडीशन रहको छ भने सह-प्रायोजकमा हेली एभरेष्ट प्रा.लि र खुम्बु पासाङल्हामु गाउँपालिका रहेका छन् । यसका साथै अन्य विभिन्न संस्था तथा व्यक्तिहरुले पनि प्रायोजन सहयोग गरेका छन् ।

प्रकाशित मिति : मंगलवार, १४ माघ २०८२ १७:३९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ