Logo

हाई अल्टिच्यूट स्पोर्टसबाट सोलुखुम्बुमा पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ: मन्त्री आङबो


सोलुखुम्बु । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो ‘मौसम’ले सोलुखुम्बु प्रचुर सम्भावना बोकेको जिल्ला भएपनि आवश्यक भौतिक संरचना अभावमा पछि परिरहेको बताएका छन् ।

स्टार यूथ क्लबको स्थापना दिवसको अवसरमा आईतबार सोलुखुम्बुको सल्लेरीमा आयोजित प्रदेश स्तरीय महिला तथा जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आङबोले अघिल्लो सरकारमा आफुले अगाडि बढाएको अधुरा विकास निर्माणलाई वर्तमान सरकारले पुर्णता दिने बताए ।
सोलुखुम्बुको आवश्यक भौतिक संरचना निर्माण गरेर यहाँको सम्भावना उजागर गर्न उचित बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउदै
उनले हाई अल्टिच्यूट स्पोर्टसको माध्यमबाट सोलुखुम्बुमा पर्यटकलाई थप आकर्षित गर्न सकिनेमा जोड दिए ।

नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर खेल र खेलाडीको विकासमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

स्टार युथ क्लबका संरक्षकसमेत रहेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले क्लबले युवाहरुलाई जोड्न सफल भएको बताए । उनले युवा, महिला लक्षित कार्यक्रमलाई समेट्न प्रदेश सरकारलाई आग्रह गरे ।

स्टार युथ क्लबका अध्यक्ष नाम्गेल शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी सोलुका जिल्ला समन्वय समिति संयोजक गोम्बु शेर्पा (कर्ज्याङ), थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष रामसंघर्ष किराती लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आईतवार, ५ मंसिर २०७८ १७:३६
प्रतिक्रिया दिनुहोस्