Logo

सुतेकै ठाउँमा किशोरी बलात्कृत


पाँचथर,पौष २५,
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का स्थानिय ५७ वर्षिय कृष्ण बहादुर गहतराज पक्राउ परेका हुन् ।
गत पौष १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्याल बाट छिरेर बलात्कार गरेको पिडित ती किशोरीले बताएकी छिन् । ती किशोरीले भनिन्,“भाईहरु सँग सुतेको थिएँ,झ्याल बाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरेको पिडित किशोरीको भनाई छ ।
गहतराज लाई पौष २१ गते पक्राउ गरी यौन दुब्र्यवहारमा मुद्धा दर्ता गरी अदालत बाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।
उनको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीलाई विभिन्न प्रलोभनमा पारेर मुद्धा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् ।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ १८:२३

Archives

प्रतिक्रिया दिनुहोस्