Logo

हिउँदे आरोहणको अनुमति खुला


काठमाडौं । यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ ।

विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् ।

त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ ।

सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ ।

गोरखापत्र दैनिक

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ ०८:१७

Archives

प्रतिक्रिया दिनुहोस्