Logo

पर्यटन बोर्डको नयाँ सिइओ रेग्मी, बास्ताकोटी र ऐरमध्ये एक


काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो ।

धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको स्रोतले जनाएको छ।

 कुल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो ।

त्यसबाट अन्तिम तीन जनाको नाम सिफारिस भएकोमा  तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।

 

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १९:१४

Archives

प्रतिक्रिया दिनुहोस्