Logo

प्रदेश स्तरीय पुरुष भलिबल सोलुखुम्बुमा हुने


सोलुखुम्बुमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ स्तरीय कमिटीको आयोजनामा फागुण ६ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुको व्यवस्थापनमा योङ्ग स्टार क्लव दोर्पू बजारको खेल मैदानमा हुने प्रतियोगितामा प्रदेश १ को १४ जिल्लाको टिमको सहभागिता रहने मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।

नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने उद्देश्यले आयोजित प्रतियोगिताको बिजेताले क्रमशः एक लाख पचास हजार, एक लाख र पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : बिहीबार, २३ माघ २०७६ १९:५१

Archives

प्रतिक्रिया दिनुहोस्