Logo

दुइटै मोहडाबाट सगरमाथा चढेकी कल्पनाले घोषणा गरिन् ‘बाल विवाहविरुद्धको अभियान’


दुइटै मोहडाबाट विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बाल विवाहविरुद्धको अभियान सुरु गरेकी छन्।

शुक्रबार एक्सपिरेन्स आउटडोर्स नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गरेको घोषणा गरेकी हुन् ।

कार्यक्रममा आरोही महर्जनले शान्ति शिक्षा अभियानको सहयोगमा पाँंच वटा जिल्लाका विभिन्न स्कुलहरुमा शिक्षामार्फत अभियान सुरु गरेको बताइन् । शिक्षामार्फत् बाल विवाह रोक्न सक्ने विश्वासका साथ आफूले यस्तो अभियान सुरु गरेको उनले बताइन् ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विभिन्न एक दर्जन व्यक्तिहरुलाई पनि सम्मान गरे। कल्पनाको सगरमाथा आरोहणमा प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो।

सोही अवसरमा पूर्व उपप्रधानमन्त्री सिंहले शुक्रबारदेखि नै सञ्चालनमा ल्याइएको भिजिट नेपाल यूट्यूव च्यानलको पनि शुभारम्भसमेत गरे।

कार्यक्रममा शताव्दी पुरुष सत्यमोहन जोशीले एक पटक असफल र दुई पटक सफल सगरमाथा आरोहण गर्न सफल कल्पनालाई अबका दिनमा बाल विवाहविरुद्धको सफल आरोहण गर्न सफल हुने शुभकामना व्यक्त गरे । कार्यक्रममा पर्यटनसँंग सम्बन्धित विभिन्न व्यक्तिहरुले पनि आआफनो धारणा राखेका थिए।

कल्पनाले सन् २०१८ मे 23 मा नेपाल तर्फबाट (पहिलो पटक) र सन् २०१९ को मे 23 मा तिब्बत तर्फबाट (दोश्रो पटक) सगरमाथाको सफल आरोहण गरेकी थिइन्  ।

प्रकाशित मिति : शुक्रबार, २४ माघ २०७६ १९:५७

Archives

प्रतिक्रिया दिनुहोस्