Logo

हस्तमैथुनले महिला स्वास्थ्यमा हुने पाँच फाइदा


एजेन्सी । पूर्वीय समाज यौन स्वास्थ्यका विषयमा सामान्य छलफल गर्न पनि लजाउने गर्छ । पश्चिमाहरु भने यी विषयमा खुलेरै छलफल गर्छन् ।

यौन जीवनको एउटा पक्ष हस्तमैथुनका विषयमा अनेक खालका चर्चा परिचर्चा हुने गरेका छन् ।

हात वा अन्य कुनै माध्यमबाट यौन आनन्द लिने प्रचलनलाई हस्तमैथुन मनिन्छ । यो पुरुष र महिला दुवैले गर्छन् ।

हस्तमैथुनका फाइदा र बेफाइदाका विषयमा पनि विभिन्न प्रकारका चर्चा परिचर्चा हुन्छ । कसैले यसलाई फाइदाजनक भनेका छन् भने कसैले बेफाइदा जनक भनेका छन् । तर पश्चिमाहरुले यसबाट हाम्रो स्वास्थ्यमा राम्रो फाइदा पुग्ने बताएका छन् ।
  • हस्तमैथुनबाट फिनवर्ग स्कुल अफ मेडिसिनका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा लारा स्ट्रीचरले हस्तमैथुनबाट आउने पानीले योनीमा हुने सुख्खापन हटाउन सजिलो गराउने जानकारी दिइन् । यसले मासिक धर्मसँग जोडिएको दुखाइलाई हटाउन सहयोग पनि गर्छ ।
  • फ्रेन्च इन्स्टिच्युट अफ हेल्थ साइन्सका अनुसन्धानकर्ताका अनुसार अनिन्द्रालाई हटाउने सही र उपयुक्त उपाय हस्तमैथुन हो । यसले निद्राका लागि सहयोग गर्छ ।
  • सेक्सुअल एण्ड रिलेशनसिप थेरापीकाअनुसार यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ । यसले संक्रमण हुँनसमेत दिदैन । रुघाखोकी लाग्नबाट पनि रोक्छ ।
  • बेलायती चिकित्सकको एक अध्ययनअनुसार हस्तमैथुनले आफ्नो पार्टनरलाई छिटो स्खलित हुने समस्या छ भने त्यस्ता महिलाले यसलाई यौन सम्बन्ध निर्माणमा प्रयोग गर्न सक्छन् ।
  • शारीरिक तथा मनोवैज्ञानिक रुपमा रिल्याक्स बनाउन हस्तमैथुनले सहयोग गर्ने अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष छ ।

 

प्रकाशित मिति : शुक्रबार, २४ माघ २०७६ १९:१०

Archives

प्रतिक्रिया दिनुहोस्