Logo

किरण सर्गम राईको ‘मन्द मन्द मुस्कानले’ गीतको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । गायक किरण सर्गम राईको स्वरमा रहेको ‘मन्द मन्द मुस्कानले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देबेश राईको शब्द / संगीत रहेको गीतको भिडियो शनिवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियोमा फिचरिङ्ग रमेश मगर र बिनु गुरुङको रहेको छ । उक्त भिडियोमा निर्देशन रोशन तमाङले गरेका हुन् भने छायाङकन तथा सम्पादन सोजित राईको रहेको छ ।

कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार/सगितकार तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण राईले गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको बताए । फरक उद्देश्यहरुको संयोजनले निखारता ल्याएजस्तै यस गीतले पनि ज्यादा महत्व पाउने बताए । राम्रो शब्द हुँदा हुँदै पनि संगीत र भिडियोमा राम्रो नहुनाले कैयौ गीतहरु गुमनाम भएको भन्दै उनले मन्द मन्द मुस्कानको भिडियो स्तरीय रहेकाले श्रोताले रुचाउने विश्वाससमेत ब्यक्त गरे ।

सो अवसरमा गीतकार सघका केन्द्रीय सदस्य सुबास सँगम राई, नेपाल विद्यार्थी सघ प्रदेश न १ का संयोजक उध्योग राईले शुभकामना मन्तब्य राखानुभएको थियो । कार्यक्रममा गीत संगीतसँग आवद्द बिशिष्ट ब्यक्तिहरुको उपस्तिथी रहेको थियो ।

प्रकाशित मिति : आईतवार, १८ फाल्गुन २०७६ २०:२८

Archives

प्रतिक्रिया दिनुहोस्