Logo

चीनसहित ५ देशबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने


काठमाडौँ – मन्त्रिपरिषदको निर्णय बमोजिम अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ ।मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो ।

कोरानाभाइरसको असर विश्वव्यापी रुपमा देखिएकाले सरकारले यस्तो निर्णय गरेको जनाएको छ । अध्यागमन विभाग स्रोतका अनुसार फागुन २४ गतेदेखि लागु हुनेगरी चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने निर्णय भएको छ ।

प्रकाशित मिति : सोमबार, १९ फाल्गुन २०७६ १९:००

Archives

प्रतिक्रिया दिनुहोस्