Logo

नेकपा सोलुखुम्बुको प्रदेश निर्वाचन क्षेत्र ईन्चार्ज तोकियो, ‘क’ मा किराती र ‘ख’ मा लामा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रथम पूर्ण बैठकले सोलुखुम्बु जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ को ईन्चार्ज महेश किरातीलाई र निर्वाचन क्षेत्र ‘ख’ को ईन्चार्ज आङङिमा लामालाई तोकेको छ ।

किराती पूर्व माओवादी पृष्ठभूमिबाट आएका हुन् भने लामा पूर्व एमाले पृष्ठभूमिबाट आएका हुन् । पूरानो नेता लामा तत्कालिन एमालेको अध्यक्षसमेत भइसकेका हुन् भने किराती तत्कालिन माओवादीको जिल्ला उपाध्यक्षसम्म भएका थिए ।

नेताद्धय किराती र लामा दुवै जना नेकपा प्रदेश नम्बर १ कमिटीको सदस्य हुन् ।

प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सह–इन्चार्जमा डिबि किराँती र ‘ख’ को सह–इन्चार्जमा ठमनाथ पराजुली (ध्रुब)लाई मनोनित गरिएको छ । वैठकले प्रदेश नं १ कै पर्यटन विभाग प्रमुखमा प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतलाई प्रमुख र ठमनाथ पराजुली (ध्रुब)लाई उपप्रमुखको जिम्मेवारी दिईएको छ भने महाकुलुङ गाउँपालिकाका अध्यक्षसमेत रहेका सागर किराँतीलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।

प्रकाशित मिति : सोमबार, १९ फाल्गुन २०७६ १९:४३

Archives

प्रतिक्रिया दिनुहोस्