Logo

नेलेमा लक्ष्मी बैँकको एक्सटेन्सन काउण्टर स्थापना


थुलुङ दुधकोशी गाउँपालिकाको नेलेमा लक्ष्मी बैँकको एक्सटेन्सन काउण्टर स्थापना भएको छ । थुलुङदुधकोशी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको नेलेमा बैंकको एक्सटेन्सन काउण्टरको सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।

उद्घाटनका क्रममा अध्यक्ष राईले बैंकको एक्सटेन्सन शाखा स्थापना गर्नेमा थुलुङ दुधकोशी गाउँपालिका जिल्लाकै पहिलो भएको दाबी गर्दै स्थानीयको माग बमोजिम काउण्टर स्थापना गरिएको बताए ।

कार्यक्रममा थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष घनराज सुनुवारले सामान्य बैंकिङ कामका लागि नेलेवाट अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य भएको भन्दै खुशी व्यक्त गरे ।

एक्सटेन्सन काउण्टर भनिएपनि बैंकको शाखाले दिने सबै सेवा उपलब्ध हुने लक्ष्मी बैंक सल्लेरी शाखा प्रमुख प्रयास अधिकारीले जानकारी दिए । यसअघि लक्ष्मी बैंकले सोलुखुम्बुको सल्लेरी र मुक्लीवाट सेवा प्रदान गरिरहेको थियो ।

प्रकाशित मिति : सोमबार, १९ फाल्गुन २०७६ २०:२५

Archives

प्रतिक्रिया दिनुहोस्