Logo

एक नम्बर प्रदेशको नामाङकरणको बिषयमा नेकपाले थाल्यो छलफल, यस्ता छन् प्रस्तावित नाम !


सुनसरी । लामो समयदेखि बिवादित बन्दै आएको प्रदेश सरकार अन्तरगत एक नं प्रदेशको नामाङकरणको बिषयमा संसदिय दल नेपाल कम्युनिष्ट पार्टीले ब्यापक छलफल सुरू गरेको छ । प्रदेशको नामाङकरणको बिषयमा झण्डै एक दर्जन नामहरू चर्चामा आएको र त्यसलाइ टुंगोमा पुर्याउन र बैठकलाइ सार्थकता दिन र प्रदेशको नामाङकरणको बिवादित विषयको अन्त्य गर्न नेकपाका सांसदबिच ब्यापक छलफल चलेको हो ।

एक नं प्रदेस अन्तरगत प्रदेश सभा संसदिय दल नेपाल कम्युनिष्ट पार्टीको बैठकले प्रदेशको नामाकरणबारे साझा धारणा बनाउने नेकपा संसदिय दलका नेता बुद्धिकुमार राजभण्डारीले बताए । बैठकमा प्रदेश सरकारले अहिले सम्म गरेको कामको मुल्यांकन सहित संसदमा दर्ता भएका बिधेयकबारे पनि छलफल हुने बुझिएको छ ।

मंगलबार बिहान ९ बजेबाट सुरू भएको छलफलले लामो समयदेखि चर्चामा आएका नामहरूबारे छलफल गरी एक नम्बर प्देशको नामाङकरण गरिने जनाइएको छ ।

प्रदेशमा अहिले सम्म कोशी , किराँत , किराँत कोशी , किराँत लिम्बुवान , लिम्बुवानकिराँत कोच , सगरमाथा , कोशी सगरमाथा , विराट, मेची वा विजयपुर नामहरू चर्चामा रहेका छन ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ काँग्रेसको २१ संघिय समाजबादीको ३ राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ साँसद छन । संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ

प्रकाशित मिति : बिहीबार, ६ चैत्र २०७६ १६:२१

Archives

प्रतिक्रिया दिनुहोस्