Logo

थुलुङ दुधकोशी गाउँपालिकामा स्थानीय हाटबजार बन्द


विश्वव्यापी महामारीको रुपमा फैलदै गरेको कोरोना संक्रमण विरुद्द सचेतता अपनाउँदै थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीयहाटबजारलाई पुर्ण रुपमा बन्द गरेको छ ।

अर्को व्यवस्था नभएसम्म आज आइतबारदेखि गाउँपालिकाले हाटबजार बन्द गर्ने निर्णय गरेकोहो ।

साथै गाउँपालिकाले काठमाडौं लगायत बिभिन्न जिल्लाबाट थुलुङ दुधकोसी गाउँपालिका फर्कनेहरुलाई कम्तिमा ३ दिनसम्म आफ्नैघरमा सेल्फ क्वारेन्टाइनमा बस्न पनि अनुरोध गरेको छ ।

पालिकाले कोहि कसैलाई कोरोना लागेको आशङ्का लागेमा थुलुङ दुधकोसी गाउँपालिकाकाे स्वस्थ शाखामा सम्पर्क गर्नसमेत अनुरोधगरेको छ ।

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ १४:१०

Archives

प्रतिक्रिया दिनुहोस्