लकडाउन खुकुलो पारिएका देशमा कोरोना संक्रमण बढ्यो : डब्ल्युएचओ

संसारभरबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको ठान्न नहुँने भन्दै उनले भनिन् ‘पछिल्ला दिनमा हामीले केही देशमा संक्रमण बढेको पाएका छौँ । लकडाउन र सामाजिक दूरी खुकुलो भएपछि यो बढेको छ । खुकुलो हुँदा मानिसले यो सकियो भनेर ब्याख्या गरेको पाइएको छ । यो सकिएको छैन । संसारभरबाट निर्मूल नभएसम्म यो सकिएको ठान्नु हुँदैन ।’
डब्ल्युएचओले संक्रमण हुनबाट जोगिन एक मिटरको दूरी कायम गर्न र पटकपटक हात धुन तथा हातले मुख, नाक र आँखा छुनबाट जोगिनुपर्ने सुझाव दिएको छ।
डब्लुएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले आफूहरूले आम मानिसलाई ‘कपडाको न कि मेडिकल मास्क’ लगाउन सुझाएको बताइन्। सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ। संस्थाका अनुसार पछिल्लो सुझाव हालैका हप्ताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन्। ‘हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ,’ कर्खोभले भनिन्।
डब्लुएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने जनाएको छ । ‘मास्क मात्रैको प्रयोगले कोभिड-१९ बाट जोगाउँदैन,’ डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले भने।