Logo

माप्य दुधकोशी गाउँपालिका केन्द्रको विषयमा सर्बोच्चमा परेको मुद्धा फिर्ता, यसरी मिल्यो विवाद !


 

सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका केन्द्रको विषयमा सर्बोच्चमा परेको मुद्धा फिर्ता लिने समती भएको छ । शनिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनिता माया मगरको विशेष उपस्तिथितिमा भएको छलफलबाट लकडाउन खुले लगतै स्वईच्छाले फिर्ता गर्ने सहमती भएको गाउँपालिकाका प्रबक्ता तेज बहादुर थापा मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाको वडा नम्बर ३ को केन्द्र साविकको बासा गाविसको वडा नम्बर ३ र ६ को सीमानामा सार्ने समेत निर्णय गरिएको छ ।

वडा नम्बर ३ को वडा अध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माप्य दुधकोशी गाउँपालिका कमिटीले एक विज्ञप्ति जारी गरी उक्त निर्णयको स्वागत गरेको छ। कमिटीका अध्यक्ष गौरब राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्णय अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

गाउँपालिका केन्द्रको विवाद मिलाउन पहल गर्दै आएको नेकपाले यसअघि औपचारिक बैठक नै गरेर दुईपक्षीय छलफल गरी सहमति जुटाएको थियो।

प्रकाशित मिति : बुधबार, २८ जेष्ठ २०७७ १६:३५

Archives

प्रतिक्रिया दिनुहोस्