Logo

पर्यटन सम्बन्धी बिधेयक ब्यवसायमैत्री बनाउनुपर्ने व्यवसायीहरुको माग


काठमाडौं । सरकारले ल्याउन लागेको पर्यटन सम्बन्धी बिधेयकका कतिपय प्राबधान ब्यवसाय मैत्री नभएको भन्दै पर्यटन ब्यवसायीहरुले सच्याउनुपर्ने माग गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई एवं पर्यटन सचिव केदारबहादुर अधिकारीलाई ज्ञापनपत्र बुँझाउँदै उनीहरुले कपितय प्राबधान सच्याउन माग गरेका हुन् ।
पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष सीताराम सापकोटा र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव पूर्ण कुँवरको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।
व्यवसायीहरुले क्यासिनोलाई प्रस्तावनामा उल्लेख गर्न नहुने,हिमाल आरोहण गर्ने बिदेशी पर्वतारोहीहरुले आफ्नै देशमा र नेपाली सहयोगीहरुको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्ने प्रबन्ध मिलाउने लगायतका माग राखेका छन् । प्रस्ताव गरिएको बिधेयकमा स्वास्थ्य परीक्षण ‘सरकारले तोकेका स्वास्थ्य संस्थाबाट’ भन्ने उल्लेख छ । यस्तै सगरमाथा लगायत धेरै पर्वतारोहण  हुने हिमालहरुमा क्लाइमिङ शेर्पा, प्राविधिक सहितको सम्पर्क अधिकृतहरुको टोली राख्नुपर्ने पनि ब्यवसायीहरुको माग छ ।
यस्तै ट्राभल ऐजन्सीहरुको बर्गिकरण गर्न जरुरी नभएको माग पनि ब्यवसायीहरुको छ ।


यसैगरि निश्चित उचाई भन्दा माथिका पदयात्रामा जाँदा अनिबार्य रुपमा ट्रेकिङ एजेन्सी मार्फत प्रमाणपत्र प्राप्त ट्रेकिङ गाइड लिएर जानुपर्ने प्रबन्ध गर्न पनि उनीहरुको माग छ ।
यस्तै पर्यटन क्षेत्रका सम्पूर्ण इजाजत लगायतका प्रक्रिया एकद्वार प्रणालीबाट गर्न पनि ज्ञापनपत्र मार्पmत माग गरिएको छ ।
अहिले सरकारका बिभिन्न निकायबाट इजाजत लगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुँदै निकै झन्झट भएको छ ।
ब्यवसायीहरुले बिशेष नियन्त्रित क्षेत्रहरुमा एकजना पर्यटकले पनि पदयात्रा गर्ने गरि ब्यवस्था मिलाउन पनि  सुझाव दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै पर्यटनमन्त्री भट्टराईले बिधेयक बन्ने लामो प्रक्रिया भएकोले  ब्यवसायीहरुको पनि सुझाव समेटेर अघि बढ्ने आश्बासन दिएका थिए । उनले ब्यवसायीको मागमा सरकार गम्भीर रहेको र माग पूरा गराउन पहल गर्ने पनि बचन दिएका थिए।

प्रकाशित मिति : मंगलवार, २ असार २०७७ २१:३७

Archives

प्रतिक्रिया दिनुहोस्