Logo

सांसद राईद्वारा फाप्लु अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुलाई केन्द्र सरकारबाट स्वास्थ्य सामग्री प्राप्त भएको छ । शुक्रबार संघीय सांसद हेमकुमार राईले उक्त सामाग्री अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष वीर कुमार राईलाई हस्तान्तरण गर्नुभएको हो ।

सांसद राईले हस्तान्तरण गर्नुभएको स्वास्थ्य सामाग्रीमा पिपिइसेट २० थान, ३ हजार ३ सय ५० थान सर्जिकल मास्क, ग्लोब्स २ हजार थान, सेनिटाइजर ७ बोतल र चस्मा ५ थान रहेको अस्पतालले जनाएको छ ।

जिल्लालाई आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्रीको बिषयमा समेत थप पहल भईरहेको सांसद राईको भनाई छ ।

उहाँले जिल्लामा आइपर्ने कुनैपनि समस्या बारे तत्काल खबर भए समस्याको पहल गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जुनसुकै विपदमा पनि सांसद भएको हैसियतले आफु नागरिकको बीचमै रहेको समेत उहाँको भनाई छ ।

प्रकाशित मिति : शुक्रबार, ५ असार २०७७ २१:५०

Archives

प्रतिक्रिया दिनुहोस्