Logo

जेफ बेजोस बने हालसम्मकै धनी


यति बेला कोरोना महामारीले संसारकै अर्थतन्त्र खस्काएको छ। तर संसारकै सबभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिमा कुनै असर पारेको छैन, उल्टो बढेको छ ।

ब्लुमवर्गले जारी गरेको नयाँ सूचांक अनुसार अनलाइन स्टोर अमेजनका संस्थापक बेजोसको सम्पत्ति बढेर अहिलेसम्मकै धेरै भएको छ। हाल बेजोसको सम्पत्ति झन्डै १७२ अर्ब डलर भएको ब्लुमवर्गले जनाएको छ ।

बेजोसले यही साता आफ्नै सम्पत्तिको रेकर्ड तोडेका हुन्। गत वर्ष उनले आफ्नी श्रीमती म्याकेन्जीसँग डिभोर्स गर्दा उनको सम्पत्ति कम भएको थियो।

एक वर्षपछि बेजोस र म्याकेन्जी दुवैको सम्पत्ति उच्च भएको छ। बेजोस अहिले डिभोर्स गर्नु अघि भन्दा धेरै धनी भएका छन्। उनको अधिकांश सम्पत्ति अमेजनसँगै जोडिएको छ। अमेजनमा बेजोसको करिब १२ प्रतिशत सेयर छ। अनलाइन स्टोर अमेजनले कोरोना महामारीमा निकै ठूलो व्यवसाय गरेको ब्लुमवर्गले जनाएको छ।

अमेजनको सेयर भाउ बढेसँगै म्याकेन्जीको पनि सम्पत्ति बढेर ५७ अर्ब डलर पुगेको छ। अहिले म्याकेन्जी संसारकै १२ औं धनी व्यक्ति भएकी छन्।

By Agency

प्रकाशित मिति : शुक्रबार, १९ असार २०७७ १३:१७

Archives

प्रतिक्रिया दिनुहोस्