Logo

माप्य दुधकोशीले जनस्वस्थ्यलाई ध्यानमा राखेर सञ्चालनमा ल्यायो वथशाला, खुम्बुको आवश्यकतालाई धान्ने वथशाला बनाइदै


सोलुखुम्बु । कोरोना करहबीच सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले जनस्वास्थ्यलाई ध्यानमा राख्दै व्यवस्थित वथशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको लगानीमा वडा नम्बर ३ मा अवस्थित मौरीखोला नजिकै भरखरैमात्र निर्माण कार्य सम्पन्न भएको वथशालाबाट स्वच्छ, ताजा र स्वस्थ्य मासु विक्री वितरण सुरु गरिएको हो ।

वथशालालाई राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि यससम्बन्धि छुट्टै कार्यविधि बनाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । वथशालाको भौतिक पूर्वाधार तथा अन्य आवश्यक सामाग्रीहरुको व्यवस्थापनका लागि सम्पूर्ण लगानी गाउँपालिकाले गर्ने र कार्यविधि तयारी भइसकेपछि त्यसैअनुरुप नियमित र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजना गाउँपालिकाको छ ।
यो झट्ट हेर्दा र सुन्दा सामान्य लागेपनि प्रत्यक्ष रुपमा जनस्वस्थ्यसँग जोडिएको हुनाले दीर्घकालिन योजनाका साथ वथशालाको अवधारणा अघि बढाइएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको भनाइ छ । अध्यक्ष राईकाअनुसार वथशालामार्फत ताजा र स्वच्छ मासु विक्रिवितरण गर्ने कार्यलाई प्रत्येक वडा हुँदै गाउँटोलसम्म विस्तार गर्ने योजना गाउँपालिकाको छ ।
हाल वडा नम्बर १ जुभिङमा सञ्चालनमा रहेको वथशालालाई थप स्तरोन्नति गरेर पर्यटकीय क्षेत्र खुम्बुको आवश्यकतालाई धान्ने गरी अगाडि बढाउने योजना रहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरले वथशालाको निरिक्षण गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलवार, २३ भाद्र २०७७ १४:३०

Archives

प्रतिक्रिया दिनुहोस्