Logo

कोरोना कहरको बीचमा सरकारले तोक्यो कर तिर्ने समयसीमा, निजी क्षेत्र समस्यामा


काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न भदौ २५ गतेसम्मको समयसीमा तोकेको छ । कर तिर्न व्यवसायीलाई सहज बनाइदिन निषेधाज्ञाको समयमा सेवा बन्द गरेका बैं‌कका शाखा खोल्न निर्देशन सरकारले दिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म राजस्व संकलन गर्ने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकको निर्देशनसँगै मंगलबार काठमाडौं उपत्यकासहित देशभर बैंकका शाखा कार्यालय तथा काउन्टर खुलेका छन् ।

अहिलेसम्म बैंकहरुले सीमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका थिए । तर, कर तिर्न सहज होस् भनेर राष्ट्र बैंकले अन्तिम दिन सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिने गरेको छ ।
सरकारले यसरी कर तिर्न समयसिमा तोकिरहदा यता मुलुकको आर्थिक गतिबिधी भने कोरोना कहरले ठप्प छ ।

काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा जारी रहने र जिल्ला प्रशासन कार्यालयहरुले फेरि निषेधाज्ञा थप्ने तयारी गरेका छन् । लामो समयको लकडाउन र पछील्लो निषेधाज्ञाका कारण कुनै पनि आर्थिक गतिबिधि सन्चालन गर्न नपाईरहेको अवस्थामा सरकारले यसरी कर तिर्नका लागि कडिकडाउ गर्दा निजी क्षेत्र भने समस्यामा परेका छन् ।

प्रकाशित मिति : मंगलवार, २३ भाद्र २०७७ १५:२८

Archives

प्रतिक्रिया दिनुहोस्