वडा अध्यक्ष तामाङको करेन्ट लागेर मृत्यु

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकाेशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु भएकाे छ । मंगलबार सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा करेन्ट लागेर तामाङको भएको हो ।
पारिवारिक स्रोतका अनुसार करेन्ट लागेपछि उचारका लागि जिल्ला अस्पताल फाप्लु लाने क्रममा उनको निधन भएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा तामाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।