Logo

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली खुम्बुमा


सोलुखुम्बु । लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली खुम्बुमा छन् । यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी छन् । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

प्रकाशित मिति : शुक्रबार, ९ आश्विन २०७७ १२:३७

Archives

प्रतिक्रिया दिनुहोस्