Logo

शेर्पा नृत्य प्रतियोगिता २०२० को प्रतिस्पर्धा दोस्रो चरणमा, २२७ प्रतिस्पर्धिबाट टपटेन छानिदै


शिखरपोष्ट/काठमाडौं । शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरेको प्रथम एकल शेर्पा नृत्य प्रतियोगिता २०२० को प्रतिस्पर्धा दोस्रो चरणमा पुगेको छ । गत भदौ महिनाबाट सुरु भएको पहिलो चरणको प्रतियोगितामा दुई सय सत्ताइस जना शेर्पाहरुले प्रतियोगितामा सहभागी जनाएका थिए ।

असोज १० गतेसम्म प्रतियोगिताको पहिलो चरण सकिएपछि ११ गते आइतबार शेर्पा इभेन्टका कार्यसमितिका बैठक बसी पुनः दोस्रो चरणको प्रतिस्पर्धा गराउने तयारी अघि बढाइएको शेर्पा इभेन्ट अर्गनाइजरका सह-संयोजक आङ फुटी शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाकाअनुसार प्रतिस्पर्धीहरुबीच टप टेन छनौट गर्न गायक तथा सङ्गीतकार डेन्डी शेर्पाको नेतृत्वमा ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ् ।

प्रतियोगितालाई तीन तहमा विभाजन गरिएका छ । बालबालिक, शेर्पा नृत्य, मौलिकता श्याब्रु गरि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ । शेर्पा इभेन्ट अर्गनाइजर मुल आयोजक समिति र निर्णायक समितिका सदस्यहरुबीच छलफल गरि पुन: दोस्रो चरणको प्रतियोगिता गर्ने तयारी गरिएको जानकारीसमेत शेर्पाले दिनुभयो ।

यस् ऎतिहासिक प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन दोस्रो चरणको प्रतियोगिता तय गरिएका हो ।शेर्पा नृत्यतर्फ टप टेन, बालबालिकातर्फ टप टेन र श्याब्रु नृत्यतर्फ टप टेन छनौट गरि पुनः २२७ जना मध्ये तीनटै समुहको टपटेनबीच पुन प्रतिस्पर्धा गराइनेछ भने दोस्रो चरणको प्रतियोगितामा पुन नयाॅ शेर्पा नृत्य भिडियो प्रस्तुत गर्नु पर्नेछ। टप टेनबाट पुनः प्रतिस्पर्धा गराइ टप फाइभ ५ छनौट गर्ने र सोहीबा अन्तिम प्रतिस्पर्धा गराइनेछ ।

टप ५ छनौट भै अन्तिम विजयका लागि बालबालिका तर्फबाट तीन जना शेर्पा नृत्यतर्फ तीन जना र मौलिकता श्याब्रु नृत्यतर्फ जना गरि जम्मा ९ जनालाई प्रथम दोश्रो र तेस्रो विजयी घोषणा गरी शेर्पा नृत्य अवार्ड २०२० प्रदान गरिने छ । बिजेताले पुरस्कार स्वरुप रु १ लाख पाउने पनि सह संयोजक शेर्पाले जानकारी दिनुभयो ।

समाज परिवर्तनसँगै शेर्पा जातिको भाषा,परम्परागत गित संगीतहरु लोप हुँदै गर्दा शेर्पा गीत संगीतलाई नकरात्मक प्रभावमा पर्न नदिने उद्देस्यले शेर्पा इभेन्ट अर्गनाइजरले प्रथम पटक एकल शेर्पा नृत्य प्रतियोगिता २०२०को आयोजना गरेको हो ।

प्रकाशित मिति : मंगलवार, १३ आश्विन २०७७ २२:४३

Archives

प्रतिक्रिया दिनुहोस्