Logo

दुई बर्षभित्र उज्यालो सोलुखुम्बु बनाउन पहल गरिरहेको सांसद राईको भनाइ


सोलुखुम्बु : सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (शुसबीर)ले सडक र बिजुली बत्तिलाई सम्बृद्धिको प्रमुख आधार भएको भन्दै त्यसलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनुभएको छ । सम्बृद्ध जिल्लानिर्माणका लागि एक जुट भएर लाग्न आग्रहसमेत उहाले गर्नुभयो ।

बिहिबार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० मा आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई संबोधन गर्दै सांसद राईले एकताविना बिकास निर्माणका कार्य अधुरो हुने तर्क गर्नुभयो ।

उहाँले नेकपा सरकारकै योजनामा जिल्लामा विद्युतको केन्द्रीय प्रशारण लाईन जोड्न सफल भएको स्मरण गराउँदै अबको २ बर्षभित्र सोलुखुम्बुलाई उज्यालो जिल्ला निर्माणका लागि थप बजेट ल्याउन आफुले सक्दो पहल गरिरहेको दावी छ । यस्तै गाउँको विभिन्न क्षेत्रमा निर्माणाधिन सडकको स्तरोउन्ती गर्दै बाह्रै महिना सञ्चालनमा ल्याउने गरि नेकपा सरकारले काम गरिरहेको भनाइ उहाँको छ ।

स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा सम्बृद्ध जिल्ला निर्माणको कार्यलाइ निरन्तरता दिएको भन्दै सांसद राईले बिकासमा राजनिति नगर्न समेत आग्रह गर्नुभयो । बिकासमा तेरो भन्ने नभई सबैको साँझा हुने भएकाले स्वीकार्नुको बिकल्प नभएको समेत बताउँनुभयो ।

प्रकाशित मिति : शुक्रबार, १६ आश्विन २०७७ १९:२२

Archives

प्रतिक्रिया दिनुहोस्