Logo

कांग्रेस थुलुङदुधकोशीले माग्यो गाउँपालिकालाई खर्च विवरण


सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङदुधकोशी गाउँपालिकाले थुलुङदुधकोशी गाउँपालिकाको खर्च विवरण माग गरेको छ । गाउँपालिकाले गरेको विकास निर्माण कार्य र खर्च विवरणका बारेमा नागरिकको चासो र पार्टीले अध्ययन गर्ने भन्दै कांग्रेसले खर्च विवरण मागेको हो ।

कांग्रेस थुलुङदुधकोशीले गत आर्थिक बर्ष २०७६७७ को खर्च विवरण, कोभिड १९ को खर्च विवरण मागेको सभापति महेन्द्रद्विप राईले जानकारी दिए । खर्च विवरण माग गर्न  कांग्रेस थुलुङदुधकोशीका नेता कार्यकर्ता गाउँपालिकाको कार्यालय पुगेका थिए ।

यस अघि नेपाली कांग्रेस नेचासल्यान गाउँपालिकाले गाउँपालिकासँग खर्च विवरण माग गरेको थियो ।

प्रकाशित मिति : बुधबार, २१ आश्विन २०७७ २०:०७

Archives

प्रतिक्रिया दिनुहोस्