Logo

नेकपा सोलुखुम्बुले गर्‍यो कार्यविभाजन, कसले कुन जिम्मेवारी पाए ?


सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सोलुखुम्बुले जिम्मेवारी वाँडफाँड गरेको छ । गत असोज १८ र २१ गते जिल्ला सदरमुकाम सल्लेरीमा सम्पन्न तेस्रो पूर्ण बैठकले २५ वटा विभागको जिम्मेवारीका साथै जिल्लाको जेष्ठ कम्यूनिष्ट मञ्च, जिल्ला सल्लाहकार परिषद, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी तथा विभिन्न जनवर्गीय संगठनहरुको इन्चार्ज तोक्नेलगायतको निर्णय गरेको हो ।

जिल्ला कमिटीका सचिव गोम्बु शेर्पा (कज्र्याङ)ले तेस्रो बैठकबाट पार्टी जिल्ला कमिटीलाई गतिशिल र क्रियाशिल बनाउनका लागि महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार २५ वटा विभागहरुको प्रमुख र उपप्रमुख तोकिएको र त्यसमध्ये प्रचार तथा प्रकाशन, यूवा तथा खेलकुद, कानुन तथा मानव अधिकार, अर्थ तथा योजना विभाग, संगठन विभाग तथा स्कुल विभागबाहेक अरु विभागको सदस्यहरु मनोनित गर्न बाँकी छ । प्रत्येक विभागमा बढिमा १५ जना सदस्य रहने जानकारी पनि उहाँले दिनुभयो ।

संगठन विभाग प्रमुखमा हर्कबहादुर राई र उपप्रमुखमा गौरब राई, स्कुल विभाग प्रमुखमा महेन्द्रबहादुर राई र उपप्रमुखमा धर्मध्वज खत्री, अर्थ तथा योजना प्रमुखमा रामकाजी श्रेष्ठ र उपप्रमुखमा रिमा कुलुङ, उर्जा जलश्रोत तथा सिंचाई विभाग प्रमुखमा असिम राई र उपप्रमुखमा नन्दराज गुरुङ, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा प्रकाश खालिङ र उपप्रमुखमा गोपाल विक, कानुन न्याय तथा मानव अधिकार विभागको प्रमुखमा हिमाल गिरी, उपप्रमुखमा सरस्वती राई, निर्वाचन विभागको प्रमुखमा केशब खड्का, उपप्रमुखमा जनितामाया मगर चयन हुनुभएको छ ।

त्यस्तै शहरी विकास विभागमा मेनुका पुरी र उपप्रमुखमा रामकुमार श्रेष्ठ, श्रम तथा रोजगारी विभाग प्रमुखमा सुनिता किराती र धनबहादुर राई, कला साहित्य तथा संस्कृति विभागमा सज्जन राई र उप्रमुखमा मानबीर राई, उपभोक्ता हित तथा आपुर्ति विभागको प्रमुखमा धनकुमार विक र उपप्रमुखमा सुर्यकुमारी सुनुवार, कृषि तथा भूमि सुधार विभाग प्रमुखमा श्याम राई र उपप्रमुखमा दावातेन्जी लामा, पर्यटन प्रवद्र्धन तथा नागरिक उडडयन विभाग प्रमुखमा बच्चुनारायण श्रेष्ठ र उपप्रमुखमा पासाङकाजी शेर्पा, खानेपानी तथा सरसफाई विभाग प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा लाक्पा तामाङ, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा रोहित बास्तोला र उपप्रमुखमा मनिकुमार तामाङ पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा सन्तोष थापामगर र उपप्रमुख सुमन राई, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा डिल्ली राई र उपप्रमुखमा ललितबहादुर राई चयन हुनभएको छ भने यूवा तथा खेलकुद विभाग प्रमुखमा डिबी राणापाल र उपप्रमुखमा प्रवेश राई, बन तथा वातावरण विभागको प्रमुखमा मोहन कुमारी कार्की र उपप्रमुखमा किशोर राई, शिक्षा तथा मानवश्रोत विभागमा कल्पना गिरी बस्नेत र उपप्रमुखमा चुडामनी केसी, स्थानीय तह विभागको प्रमुखमा जुद्धबहादुर कार्की र उपप्रमुखमा आसकुमार राई (शिशिर), स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा पुष्पबाबु बस्नेत र उपप्रमुखमा सविना राई, समाज कल्याण विभाग प्रमुखमा दोर्जी जांबु लामा र उपप्रमुखमा अर्जुन राई, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा अर्जुन बस्नेत तथा उद्योग तथा वाणिज्य विभाग प्रमुखमा दिप खड्का र उपप्रमुखमा इन्द्रकुमार राई चयन हुनुभएको छ ।

त्यसैगरी यूवाको फ्याक्सन इन्चार्जमा बीरउदास श्रेष्ठ, विद्यार्थी फ्याक्सन इन्चार्जमा रामबहादुर राई (रामकिरण), महिला फ्याक्सन इन्चार्जमा कल्पना राई, मजदुर फ्याक्सन इन्चार्जमा रमेश राई, किरान फ्याक्सन इन्चार्जमा नरेन्द्रबहादुर राई र जनसाँस्कृति फ्याक्सन इन्चार्जमा गणेशकुमार राई चयन हुनुभएको छ ।

सोही बैठकबाट जिल्ला सचिवालय सदस्य ङिमा तेण्डुप शेर्पालाई कार्यलय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । त्यस्तै सोनाम ग्याल्जेन शेर्पा, रामबहादुर राई (रामकिरण)लाई सचिवालय सदस्यमा र लाक्पा ग्याल्जेन शेर्पा, सुन्दर तामाङ (विजय), अजय राई, भुपेन्द्र कट्टेल र प्रमिला बस्नेत (कार्की)लाई जिल्ला किमिटी सदस्यमा मनोति गर्ने निर्णय पनि गरेको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका जिल्ला इन्चार्ज तथा संघीय सांसद हेमकुमार राईको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष मानबीर राईको सभापतित्वमा सम्पन्न उक्त बैठकले पार्टीमातहतका जनवर्गीय संगठनहरुको समायोजन तथा एकता प्रक्रियाको क्रममा बाँकी रहेका सपथग्रहणलगायतका कार्यक्रमहरु आउँदो कात्तिक मसान्तभित्र गरिसक्ने, यही असोज मसान्तभित्र पूर्व एमाले र पूर्व माओवादी केन्द्रको संगठित सदस्यहरुलाई नेकपाको संगठित सदस्यमा परिणत गरिसक्नेलगायतको निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : आईतवार, २५ आश्विन २०७७ १९:५१

Archives

प्रतिक्रिया दिनुहोस्